अत्तरियामा प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला

अत्तरिया : कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो।
अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए । उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताएका छन्। उनका अनुसार शवको पहिचान हुन सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.