आज दुर्गा लक्ष्मी विद्यालयको स्वर्ण महोत्सव

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयले आज (बुधबार) एक कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउदैँ छ । स्वर्ण महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
विद्यालयको ५० वर्ष पूरा भई ५१ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाईरहेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले ३ दिन सम्म संचालन हुने बताए । उनले स्वर्ण महोत्सव मार्फत विद्यालयमा रहेका विविध प्रतिभा, जनशक्ति र सकारात्मक पक्षहरूलाई प्रस्तुत गर्न विशेष ध्यान दिइएको बताए । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पनि देशको नेतृत्व गर्न सक्ने क्षमता राख्ने विश्वास व्यक्त गरे । स्वर्ण महोत्सव प्रभात फेरि, उद्घाटन, स्मारक अनावरण तथा स्मारिका विमोचन, सांस्कृतिक, सम्मान कार्यक्रम साथै अक्षय कोष पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
यस्तै दोस्रो सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा विज्ञान तथा प्रविधि प्रदर्शनी, पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, यस विद्यालयबाट अध्ययन गरेका पूर्व विद्यार्थी चर्चित गायक, मोडल चक्रबम लगायत कलाकारहरुको प्रदर्शनी गर्ने छन् । यस्तै कार्यक्रममा “प्यानल डीस्कसन“ विद्यालय शिक्षा परम्परागत देखी प्रविधि सम्म अवस्था बारे संवादको कार्यक्रम रहने भएको जसमा सहजकर्ताको रूपमा शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका टेकराज अवस्थी रहने र शिक्षाविद डा. विधानाथ कोइराला, डा हेमराज पन्त, संस्थापक प्रअ कृष्णदत्त पनेरु वक्ताहरुको रुपमा रहेका छन । यस्तै, रक्तदान कार्यक्रम सञ्चालन समेत गरिने भएको छ ।
कार्यक्रम २९ गते गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्रको प्रमुख आतिथ्यमा समापन गरिने भएको छ । समापन अघि पूर्व विद्यार्थी मञ्चद्वारा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुने, खेलकुद पुरस्कार वितरण, अतिथि कलाकारहरुको प्रस्तुति, संस्कृति भेषभुषा झल्काउने प्रतिभाहरू रहने र स्वर्ण महोत्सव कार्यक्रम समापन गरिने भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.