अत्तरिया, २८ चैत : माया मेट्रो अस्पताल धनगढी कैलालीले अछाम बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको आगलागी पीडितका लागि राहतस्वरूप १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग राशीसहित अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन, अध्यक्ष साउँदले भने, हालका लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं । आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा समेत सक्दो सहयोग गर्नेछौं ।’
सम्बन्धित पाेस्टहरु