अत्तरियामा भेटिएको शवको पहिचान खुल्यो, डडेल्धुरा घर भएको पुष्टि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ को अत्तरियामा भेटिएको शवको पहिचान खुलेको छ । दुर्गा मन्दिरको पछाडि हत्या गरेको अवस्थामा फेला परेको शव डडेल्धुराको अमरगढी नगरपालिकन-७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ । घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.