अत्तरिया, ३० चैत : कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पातलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बझाङ्गी समाजको आयोजना र नेपाल रेडक्रस धनगढीको सहकार्यमा अस्पतालमा शनिबार रक्तदान कार्यक्रमको सम्पन्न गरिएको हो ।
कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष झलक ऐडीले जानकारी दिए । बजारमा भएको रगत अभावलाई पुरा गर्न यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।
नयाँ बर्षको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका सल्लाहकार नरेश थापाले बताए । समाजमा भएका समस्याहरुलाई हल गर्न जहिले पनि बझाङ्गी समाज अगाडि बढ्ने गरेको उनले बताए । रक्तदान कार्यक्रममा प्रस्तावित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न आवश्यक रहेको थापाले बताए ।
सरकारले गेटामा पुर्वाधार निर्माणमा लगानी गरे पनि विश्वविद्यालय सञ्चालन गर्न नसक्दा धेरै बिरामीहरु भारतमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य रहेको उनले बताए ।
सम्बन्धित पाेस्टहरु