बाजुरेली सेवा समाजको अध्यक्षमा पुनः केसी

अत्तरिया, ३१ चैत : बाजुरेली सेवा समाजको अध्यक्षमा पुनः भरतबहादुर केसी निर्विरोध चयन भएका छन् । समाजको सातौ साधारणसभा तथा अधिवेशनबाट केसी अध्यक्षमा चयन भएक हुन् । यस अघि पनि केसी नै समाजको अध्यक्षमा रहेका थिए ।
समितिमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्षमा संग्राम थापा, सचिवमा हर्कबहादुर ओली, सहसचिवमा गगन अयडी, कोषाध्यक्षमा कपुरराज गिरी, सहकोषाध्यक्ष दयाराम पाध्याय चयन भएका छन् ।
यस्तै, सदस्यमा महेन्द्रबहादुर साउद, चेतराज रेग्मी, झलक नाथ, जयबहादुर बिष्ट, बिनोद थापा, ऐनबहादुर शाही, मनमति अयडी । विरबहादुर सुनार चयन भएका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.