कैलालीमा २० लाखको ब्रेजा कार बरामद,भन्सार कार्यालय पठाइयो

कैलाली:कैलालीको भजनी नगरपालिका–५ लालबोझीबाट शंकास्पद अवस्थामा प्रहरीले ब्रेजा कार बरामद गरेको छ।

२०८१ चैत्र २६ गते दिउँसो करिब २ बजे जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भजनी नगरपालिका–५, लालबोझीमा २० लाख मुल्यको उक्त कार बरामद गरेको हो।

शंकास्पद अवस्थामा फेला पारेको बाग्मति प्रदेश ०१–०२६ च ७९९४ नम्बरको सो कार आवश्यक प्रक्रिया पुरा गरी हिजो त्रिनगर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले बताए।कारको इन्जिन नम्बर K15BN4097234र चेसिस नम्बरःMA3NYFJ1SMA728946 रहेको छ।

तर, यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरमा विवरण जाँच गर्दा कारको इन्जिन र चेसिस नम्बर दर्ता विवरणसँग नमिल्ने देखिएको थियो। सोही आधारमा कार चोरी भएको आशंकामा भन्सार ऐन अनुसार कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हाल उक्त कार त्रिनगर भन्सार कार्यालयमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.