अत्तरियाः कैलालीको गोदावरीबाट एक युवक पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन।मंगलबार साँझ प्रहरीले चेकजाँचको क्रममा नाकको प्वाल भित्र लुकाएको अवस्थामा लागूऔषध भेटाएको हो।
उनको नाकको दाहिने प्वाल भित्र लुकाई छिपाई राखेको १ ग्राम ३३० मिलिग्राम लागूऔषध (हेरोईन) सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीमाथी थप अनुसन्धान गरिरहेको जनाएको छ।