कैलालीका १३ वटै पालिकाको कक्षा ८को नतिजाः लम्कीचुहाको उत्कृष्ट नतिजा

धनगढी,बैशाख ४। कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ।

परीक्षामा जिल्लाभरिबाट जम्मा २१,५२५ जना विद्यार्थी सहभागी भएका थिए।तीमध्ये १२,७८० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ८,७४५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्।नतिजा विश्लेषण गर्दा जिल्लाभित्रै शैक्षिक गुणस्तरमा उल्लेखनीय अन्तर देखिएको छ।

लम्कीचुहा नगरपालिका उत्कृष्ट नतिजाका साथ अगाडि आएको छ। यहाँ ९७.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछि बर्दगोरिया गाउँपालिकामा ८४.१ प्रतिशत विद्यार्थीले परीक्षा पास गरेका छन्।यस्तै, जोशीपुर गाउँपालिकाबाट ७५६.प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

तर, केही पालिकामा उत्तीर्ण प्रतिशत अत्यन्तै न्यून देखिएको छ।चुरे गाउँपालिकामा मात्र २७.६ प्रतिशत विद्यार्थी पास भएका छन् भने जानकी गाउँपालिकामा झनै न्यून १५.९ प्रतिशत मात्र विद्यार्थीले परीक्षा उतीर्ण गरेका छन्।शिक्षा क्षेत्रमा देखिएको यो असमानताले जिल्लाका सबै पालिकाहरूमा समान गुणस्तरको शिक्षाको पहुँच पु¥याउन स्थानीय तह र सरोकारवालाहरू गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.