कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते

कैलाली,वैशाख ५।कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा हाईस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ५ ख ४१९५ नम्बरको हाईस र विपरीत दिशाबाट आइरहेको सु.प.प्र.०१०११प ५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएपछि भएको हो।

दुर्घटनामा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–९ झलारीका राजेन्द्र बहादुर बम गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरी बलमा कार्यरत बमलाई प्रारम्भिक उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। हाईसमा सवार केही अन्य यात्रुहरू पनि सामान्य रूपमा घाइते भएको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.