कञ्चनपुरमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो, अनुसन्धानमा कुकुर र सीआईबीको सहयोग लिइने

अत्तरिया : कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना भएको खुलेको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए । उनकाअनुसार राना मंगलबार बिहान साढे ४ कलकत्ता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।

उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । उनले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने एसपी जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.