अत्तरिया : कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विष्टको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ सरुवा गरेको हो।
उनको ठाउँमा प्रहरी उपरीक्षक बाल नरसिंह राणालाई कैलाली प्रहरीको प्रमुखका रुपमा पठाएको छ। राणा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपाबाट सरुवा भएका हुन्। करीब १३ महिना कैलाली प्रहरीको प्रमुख भएर काम गरेका विष्टले लागुऔषध दुव्र्यसनी, फरार प्रतिवादी पक्राउ, अवैध सामान बरामद लगायतमा रेकर्ड ब्रेक गरेका छन्।
सम्बन्धित पाेस्टहरु