दक्षिण कोरिया सबैभन्दा राम्रो, सुरक्षित र कम खर्चिलो वैदेशिक रोजगार गन्तव्य : नगर प्रमुख ओझा

अत्तरिया : कञ्चनपुर कृष्णपुर नगरपलिका नगर प्रमुख हेमराज ओझाले हाल दक्षिण कोरियालाई सबैभन्दा राम्रो, सुरक्षित र कम खर्चिलो वैदेशिक रोजगार गन्तव्यको रूपमा टिप्पणी गरेका छन् ।
कृष्णपुर नगरपालिकामा इपिएस शाखा कार्यालयद्वारा आईतबार आयोजना गरिएको रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकहरुको लागी वैदेशिक रोजगार सम्बन्धी विशेष कार्यक्रममा यस्तो तिप्पणी गरेका हुन । ‘सर्वप्रथम स्वदेशमै रोजगारका अवसर सृजना गर्ने प्रयास गर्नुपर्दछ, ताकि विदेश जानुको विकल्पलाई सीमित गर्न सकियोस् । विदेशभन्दा स्वदेशमै रोजगार गर्न सिकौँ, रोजगार बन्नुपर्ने बताए ।
उनले सरकारको जिटूजी (सरकार देखी सरकार) प्रणाली मार्फत कोरिया जानेलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै, यो माध्यमबाट विदेश जान चाहने नेपाली युवाहरूका लागि प्रक्रिया पारदर्शी, सुरक्षित र तुलनात्मक रूपमा सस्तो रहेको बताए । नगर प्रमुख ओझाले वैदेशिक रोजगारबाट नेपालमा भित्रने रेमिट्यान्स देशको अर्थतन्त्र धान्ने प्रमुख आधार भएको र त्यसमध्ये दक्षिण कोरियाबाट पठाइने रेमिट्यान्सबाट उच्च मात्रामा राजस्व संकलन भइरहेको जानकारी पनि गराए । ‘देशको समग्र अर्थतन्त्रमा वैदेशिक रोजगारीले टेवा पुगाएको र कोरियाबाट पठाइएको रकमको योगदान उल्लेख्य छ, उनले भने ।
ओझाले हाल अमेरिका, अष्ट्रेलिया लगायतका देशमा जाने प्रवृत्तिप्रति नेपाली समाजमा गर्व देखिए पनि ती मुलुकमा जानका लागि नेपालीहरूले ठूलो परिमाणमा सम्पत्ति खर्च गर्नु परेको अवस्थालाई बयान गरे । उनले भने, आज हामी अमेरिका, अष्ट्रेलिया गएका युवाप्रति गर्व त गर्छौं, तर ती देशमा जान नेपालीले कति सम्पत्ति बेचेर गएका छन् भन्ने कुरा सबैलाई थाहा छ । कतिपय अवस्थामा घरजग्गा बेचेर युवाहरू विदेश जान बाध्य भएका छन् ।’
कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले कोरिया रोजगार अनुमति प्रणाल (इपिएस) सम्बन्धी आ आफ्ना जिज्ञासा व्यक्त गरेका थिए । उनीहरूले वैदेशिक रोजगारको सुरक्षित र जिम्मेवार प्रवाहका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.