अत्तरिया : गोदावरी नगरपालिका वडा नं ६ ले आगामी आ व २०८२\०८३ को लागी ९२ लाख २१ हजार ४ सय ५३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा र उप प्रमुख शारदा देवी रोकायाको विशिष्ठ अतिथिमा आयोजित नवौं वडा भेलाबाट उक्त ०८२\०८३ को बजेट सिलिङ्ग सार्वजनिक गरिएको थियो ।
यस्तै वडाध्यक्ष जग्गुराम चौधरीले वडा भेलामा २०८१\०८२ मा भएका आयोजन तथा प्रगति विवरण कार्यक्रम साथै आगामी आ व ०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। भने नगरपालिका बाट प्राप्त बजेट सिलिङ्ग अनुसार ७० लाख समानिकरण र २२ लाख २१ हजार ४५३ सूत्रमा आधारित बजेट रहेको जानकारी दिए । जसमा आर्थिक विकास तर्फ १७ लाख ५० हजार, सामाजिक विकास तर्फ २४ लाख २५ हजार, भौतिक पूर्वाधार विकास तर्फ ४४ लाख ४६ हजार, वातावरण तथा विपत् व्यवस्थापन तर्फ ५० हजार र सार्वजनिक सेवा, क्षमता विकास तथा व्यवस्थापन तर्फ ५ लाख ५० हजार ४५३ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै वडाले सेवा दिने विभिन्न शीर्षकमा वैशाख अन्तिम सम्म २१ लाख ८४ हजार ६४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।