अत्तरिया : सुदूर दृष्टि मिडिया प्राली लागू औषधको बढ्दो दुरुपयोग र त्यसले निम्त्याउने सामाजिक समस्याको न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
गोदावरी नगरपालिका–२ को सहयोगमा तथा इलाका प्रहरी कार्यालय मालाखेती सँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा लागू औषधको दुव्र्यसन न्यूनीकरणसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ४ स्थित सुदूरपश्चिम माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत करिब ७० जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।
सुदूर दृष्टि मिडियाका सम्पादक धु्रव ओझाले लागू औषध दुव्र्यसन भयावह बन्दै गएकोले युवाहरूलाई समयमै सचेत पार्न कार्यक्रम आयोजना गरिएको बताए। उनले प्रहरी प्रशासनसँगको सहकार्यले यस्तो किसिमको जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।