मुख्यमन्त्री शाहले राखे सर्वदलीय बैठक, यी विषयमा भयो छलफल

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक गरेका छन्। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा बसेको बैठकमा प्रमुख विपक्षी दल र सत्तारुढ दलका नेताहरूको सहभागिता थियो। बैठकमा संसदलाई नियमित रूपमा सुचारु गर्ने, आगामी अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भएको थियो।

मुख्यमन्त्री शाहले संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्या समाधान गर्ने गरी परिणाममुखी नतिजा दिन सरकार प्रतिबद्ध रहेको भन्दै रचनात्मक सुझाव दिन आग्रह गरे।

उनले चालु आर्थिक वर्षमा भएका समस्याहरूलाई सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार लागि परेको बताए। बैठकमा उपस्थित प्रमुख विपक्षी दल र सत्तारुढ दलका नेताहरूले सरकारलाई आफ्ना सुझावहरू दिएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.