प्रदेशसभाको अवरोध हटाउनका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने दलहरुबिच सहमति

अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाको अवरोध हटाउनका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने दलहरुबिच सहमति भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार बोलाएको सर्वदलीय बैठकमा सदन सुचारुका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने सहमति भएको हो । फजुल खर्च कटौती लगायतको माग राख्दै प्रतिपक्षी दलले सुदूरपश्चिम प्रदेशसभामा विरोध जनाउँदै आएका छन् । जसका कारण प्रदेश सभाको बैठक बस्न सकि रहेको छैन ।

सर्वदलीय बैठकमा समसामयिक प्रस्ताव दर्ताका लागि आठ सदस्यीय सर्वपक्षीय समिति गठन गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । समितिमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिलामन्त्री सुरेन्द्र पाल, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एमाले) का चक्र मल्ल, नागरिक उन्मुक्ति पार्टीका इन्दिरा गिरी रहेका छन ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेशकुमार शाही, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी समितिमा रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.