डीडीसी नसार्न माग गर्दै अत्तरियामा आधा घण्टा चक्का जाम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आधा घण्टा चक्का जाम गरिएको छ। अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) सार्न नहुने माग गर्दै अत्तरियामा आधा घण्टा चक्काजाम गरिएको हो।

बिहिवार डीडीसी संरक्षण सङ्घर्ष समितिले अत्तरिया–धनगढी ६ लेन सडकमा आधा घण्टा चक्काजाम गरेको छ। डीडीसी धनगढी सार्ने तयारी गरिएको भन्दै स्थानीयले जेठ ८ गतेदेखि विरोधका कार्यक्रम गर्दै आएका छन्। सोही अनुसार जेठ ८ गतेदेखि डीडीसी प्रशासन कार्यालयमा तालाबन्दी गरिएको छ। जेठ १४ गतेदेखि डीडीसी कारखानामा पनि दैनिक एक घण्टा तालाबन्दी गरिँदै आएको छ।
आन्दोलनका कार्यक्रम अन्तर्गत बिहिवार डीडीसी कार्यालय अगाडी सडकमा आधा घण्टा चक्काजाम गरिएको सङ्घर्ष समितिले जनाएको छ। सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले डीडीसी अत्तरियामा रोकिने सुनिश्चितता नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए। उनले आन्दोलनका कार्यक्रम जारी रहेपछि डीडीसीको कारखानाको काम भने बन्द नगरिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.