यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा छलफल

अत्तरिया : यौनिक अल्पङ्ख्यक समुदायको सवालमा मिडियाको भूमिका सम्बन्धि छलफल कार्यक्रम बिहिबार धनगढीमा भएको छ । यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा पैरवी गर्दैआएको एकता नेपालको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सो समुदायका व्यक्तिले संविधानप्रदत्त अधिकार उपभोग गर्न पनि थुप्रै समस्याको सामना गर्नु परिरहेको भन्दै आफ्नो सवाल उठाइ दिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । पुरुष पारलैङ्गिक राज चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायले थुप्रै चुनौती भोगिरहेको बताउनुभयो । यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पैतृक सम्पत्तिबाट पनि बञ्चित भइरहेको उनको भनाइ छ ।

त्यस्तै, चर्पी प्रयोगमा पनि विभिन्न समस्या उत्पन्न भइरहेकाले शौंचालयहरूमा महिला, पुरुष शौचालय लेख्नुभन्दा पनि लैङ्गिकमैत्री शौंचालय लेख्नु पर्ने सो समुदायको जोड छ । आफैँलाई बुझ्न नसक्नू र समाजको व्यवहारका कारण यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिमा मानसिक समस्या बढ्दो रहेको जनाइएको छ ।

नेपालको संविधानको धारा १२ मा यौनिक अल्पङ्ख्यक समुदायको नागरिकता र धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ । तर, नागरिकता बनाउन जाँदा शरीर नङ्ग्याउनेजस्तो व्यवहार हुने गरेको चौधरीले गुनासो गरे । त्यसैगरी, यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि परिवार र समाजको असमान व्यवहार अझै पनि कायम रहेको बताइएको छ ।

एकता नेपालका अध्यक्ष कृत्तिका चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिलाई स्थानीय र प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रममा समेट्न आवश्यक रहेको बताइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.