गौरीगंगाका युवा नेता बाजेले गरे जन्मदिनमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

अत्तरिया, १६ जेठ : नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा युवा नेता हेमन्त राज जोशी (बाजे) द्वारा आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा नगरपालिका–६,स्थित २ विद्यालयमा अध्ययनरत ३० जना बालबालिकाहरु लाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
गौरीगंगा–६,मा रहेका कैलाली भिजन स्कुलका १५ जना र जुपिटर एकेडेमि नेपालका १५ जना गरि ३० जना विद्यार्थीहरु लाई कापी, कलम र झोला शैक्षिक सामग्री प्रदान गरिएको हो ।

जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकाले बालबालिकाहरु गुणस्तरीय शिक्षा सँग जोडन आफुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको कांग्रेसका नगर सचिव युवा नेता तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक समेत रहेका बाजेले जानकारी दिए । जन्मदिनको कार्यक्रममा विद्यार्थीहरुले जन्मदिनको शुभकामना गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।
झोला वितरण कार्यक्रममा हेमा श्री फाउन्डेसन नेपाल कोसाध्यक्ष लक्ष्मी बोगटी कुँवर, जुपिटर एकेडेमी नेपाल प्रअ मनिराम धामी, सहायक प्रअ महेश्वरी जोशी, कैलाली भिजन स्कुलका संस्थापक पुर्ण बम, अमर माध्यमिक विद्यालय अध्यक्ष दानबहादुर कुँवर, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री वितरण कार्यमा बोल्दै जुपिटर एकेडेमी नेपाल प्रअ मनिराम धामीले शिक्षा क्षेत्रको उन्नतिका लागि युवा नेता बाजेले गरेको योगदान समाज र समुदायले कहिल्यै भुल्न नहुने बताए । उनले शिक्षा प्रती आकर्षण गर्नका निम्ति यस्ता खालका सहयोगले टेवा पुग्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.