अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती एक महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको नेतृत्वमा ईलाका प्रहरी कार्यालय मालाखेती कार्यभार सम्हालेको १ महिनाको अवधिमा विभिन्न सुरक्षासम्बन्धी गतिविधिहरू सम्पन्न गरिएको विवरण सार्वजनिक गरिएको हो।
ईलाका प्रहरी मालाखेतीका डिएसपी चन्दले उक्त अवधिमा कुल १६ वटा मुद्दा दर्ता भएका साथै २३ जना प्रतिवादीलाई पक्राउ गरिएको जसमा ५ जना महिला र १८ जना पुरुष रहेका र सो अवधिमा ३ जना फरार अभियुक्तहरू पनि रहेको विवरण जानकारी दिए। त्यस्तै, प्रहरीले विभिन्न अपराध अनुसन्धानको क्रममा कुल ६६ लाख २७ हजार ९५० बराबरको सम्पत्ति भन्सार छलिएका सामानहरु बरामद गर्न सफल भएको जनाए ।
सो अवधिमा दुईवटा चोरिका मोटरसाइकल समेत नियन्त्रणमा लिईएको साथै विभिन्न विद्यालय लगायत क्षेत्रमा एक हजार जनालाई लागुऔषध, विद्युतीय अपराध तथा आत्महत्या न्युनीकरण सम्बन्धी सचेतना शिक्षा प्रदान गरिएको जनाएको छ।