बाजुरा बाम्कामा भएको आगलागीबाट ३० पसल जलेर नष्ट

बाजुरा : बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीमा ३० पसल जलेर नष्ट भएका छन । जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागीबाट ३० पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।

घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधी राजनितिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र सो क्षतिपूर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगर प्रमख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायत सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.