बाजुराका अग्नि पीडितलाई एनआरएनएको पाँच लाख सहयोग

अत्तरिया : बाजुराको बाम्का बजारका आगलागी पीडितलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्ने घोषणा गरेको छ।

बुढीगंगा नगरपालिकाका पूर्व नगरप्रमुख दिपकबिक्रम शाहका अनुसार नेपाली जन सम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्टको पहलमा बाम्का बजारको आगलागी पीडितलाई तत्काल राहत स्वरुप पाँच लाख उपलब्ध गराउने निर्णय एनआरएनएले गरेको छ। शुक्रबार दिउँसो बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीमा ३५ पसल जलेर नष्ट भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.