धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया, २५ जेठ : धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतवार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । उनका अनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषण गरेको सिंहले जानकारी दिए । उनका अनुसार स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.