अत्तरिया, २७ जेठ : मसुरियामा पशु स्वास्थ्य सेवामा नेल्टाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) सुदूरपश्चिम प्रदेश समिति तथा नेल्टा कैलालीको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । नेल्टाको १० औँ स्थापना दिवसको अवसरमा गौरीगंगा नगरपालिका–९ मसुरिया अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लाल बहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेल्टा केन्द्रीय सल्लाहकार गणेश धामीले नेल्टाको इतिहास र नेल्टा अहिलेको अवस्थामा र पशु स्वास्थ्य सेवामा नेल्टाको भूमिका विषयकमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगर उप–प्रमुख भोज बहादुर बमले राष्ट्रिय स्तरको पेसागत ट्रेड युनियन पशु प्राविधिक संघ नेल्टा अरू मध्ये सबैभन्दा सक्रिय र ठुलो संघका रूपमा रहेको बताए । उनले पशु प्राविधिकहरूको साझा संस्था भएको हुँदा नेल्टाले हरेक कृषकहरूलाई गुणस्तरीय सेवामा खेलेको भूमिकाको प्रशंसा गरे ।
उक्त कार्यक्रममा वडा अध्यक्ष नार सिं सार्की, कार्यपालिका सदस्य रुपा जोशी, न्यायिक समिति सदस्य जानकी बोहरा, केन्द्रीय सल्लाहकार गणेश धामी, शिव शंकर सामुदायिक वन समिति अध्यक्ष बलबहादुर बोहरा, विभिन्न पालिकाहरूका संयोजक तथा नेल्टाक्रमी प्राविधिकहरूको उपस्थितिमा स्थापना दिवस मनाइएको नेल्टा सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव हेमन्त बाजेले जानकारी दिएका छन् ।
सम्बन्धित पाेस्टहरु