सर्पको टोकाइबाट गोदावरीको शारदा माविमा कार्यरत शिक्षक अवस्थीको निधन

अत्तरिया : कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ । गोदावरी नगरपालिका – ८ मा श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षक अवस्थीको बिहिबार सर्पको टोकाइबाट निधन भएको हो ।

सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका – ३ बोराडाँडी निवासी हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.