कैलाली कारागारमा डडेल्धुराका युवकको मृत्यु

अत्तरिया, ३ असार : कैलाली कारागारमा रहेका एक युवकको मृत्यु भएको छ । बैंकिङ कसुरमा थुनामा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
बिरामी परेपछि सोमबार राती ११ बजे सेती प्रादेशिक अस्पताल लगिएकोमा मध्यराती १२ः१५ मा मृत्यु पालीको मृत्यु भएको सिंहले बताएका छन् । शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको सिंहले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.