चौमालाको मोहन्याल मन्दिर परिसरमा नक्षत्र बाटिका निर्माण

हेमन्त बाजे
चौमाला, ५ असार : कैलालीको गौरीगंगा नगरपालिका–१,चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा नक्षत्र बाटिका निर्माण कार्य सम्पन्न भएको छ ।
मन्दिर उपभोक्ता समिति मार्फत निर्माण गरिएको सो नक्षत्र बाटिका प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई अन्तर्गत २७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
मन्दिर परिसरमा निर्माण गरिएको बाटिकामा राशि अनुसारका २७ जातका विरुवा रोपिनुका साथै लाईट जडान र रंगरोगन कार्य सम्पन्न गरिएको निर्माण समिति सदस्य प्रकाश गुरुङले बताए ।
पूर्वीय दर्शन अनुसार, ग्रह, नक्षत्रको सन्तुलन विरुवा द्वारा हुने हुँदा १२ राशि,९ ग्रह र २७ नक्षत्रहरु लाई आधार मानेर बाटिकामा अमला, जामुन, पिपल, वर, बेल, निम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरि २७ प्रजातिका विरुवा रोपिएको मोहन्याल मन्दिरका पुजारी तोयानाथ जोशीले बताए । बाटिका निर्माणले गर्दा आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.