स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया, ५ असार : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख प्रमुख नजिर मियाँले स्काउटका गतिविधिले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।
कैलालीको पहलमानपुरस्थित कलम बम मेमोरियल स्कुलमा सम्पन्न स्काउट दिवस विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले स्काउटका क्रियाकलापहरूले विद्यार्थीलाई सामाजिक विषयवस्तु बुझ्न सहयोग गर्दै आएको बताए । अहिलेको समय नैतिक शिक्षाको खाँचो भएको भन्दै उनले स्काउटमार्फत यस्तो शिक्षा फैलिइरहेकोमा प्रसन्नता व्यक्त गरेका थिए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले मानवीय विकास प्राथमिकमा राखेको भन्दै स्काउटले त्यस्ता गतिविधि गरिरहेको भन्दै प्रसंशा गरेका थिए ।
स्काउट सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले सबै जिल्लामा स्काउटको कमको उच्च प्रशंसनीय गर्दै उज्ज्वल भविष्य निर्माणमा स्काउटले ठूलो भूमिका खेल्ने धारणा राखे । कार्यक्रममा वक्तृत्वकला, हाजिर जवाफ र चित्रकला विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपसचिव खगेन्द्र सिंह र स्काउट अभियानी भीम अम्बईले पनि स्काउटको वर्तमान अवस्था र महत्त्वबारे प्रकाश पारेका थिए ।
अम्बईलाई स्काउटको सफल अभियन्ताको रुपमा चित्रण गर्दै सम्मान गरिएको थियो । कलम बम मेमोरियल स्कुलका स्काउट संरक्षक युवराज बमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.