अत्तरियामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

अत्तरिया, ७ असार : अत्तरिया पतञ्जलि योग समितिले शनिबार ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्यरूपमा मनाएको छ । गोदावरी नगरपालिका, अत्तरियामा रहेको समितिले प्रभातफेरी सहित अत्तरियाबजार परिक्रमा गर्दै योग दिवसको शुभारम्भ गरेको हो ।
योग समितिका अध्यक्ष दुर्गा पर्साईको अध्यक्षतामा आयोजित योग दिवस कार्यक्रममा प्रमुख अतिथि अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमको उपस्थिति रहेको थियो । योग दिवसको अवसरमा समितिको हलमा एक घण्टा लामो योग अभ्यास गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अतिथिहरूको उपस्थिति रहेको थियो । समितिका अनुसार योगको स्वास्थ्य लाभ तथा जीवनशैलीमा यसको महत्वबारे जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ । तत्कालीन समितिमा योग गर्न आउने संख्या करिब ३सय ५० जना रहेका जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.