अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समितिले पार्टी सभापति रवि लामिछाने माथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
नगर समितिका सभापति दीपक ओझाले पार्टीको स्थापना दिवसको अवसर पारेर अत्तरिया चोकमा हस्ताक्षर अभियान सुरु गरिएको बताउँदै जनता माझ बढ्दो समर्थनलाई संगठित गर्दै रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध सशक्त आवाज बुलन्द गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिए।
हस्ताक्षर संकलन गरिएको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारको ध्यानाकर्षण गराइने समितिले जनाएको छ।