धनगढी : सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले नेपालीहरुको मनस्थिति नै विग्रेको धारणा व्यक्त गरेकी छन् ।
मंगलबार धनगढीमा यूवाहरुलाई क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तीन दिने प्रदेश स्तरीय परामर्श तालिम सम्पन्न कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेकी हुन । उनले नेपालीहरुको मनस्थिति पढेर नेपालमा जागिर पाइदैन भन्न भैसकेको बताइन ।
‘नेपालीको मनस्थिति धेरै विग्रेको छ’ राज्यमन्त्री खडकाले भनिन, हामीले पढेर यहाँ जागिर त पाउदै पाउदैनो । त्यसको लागि विदेश जानैपर्छ । कक्षा १२ पढेर कलेज पढन चाहदैनौ । कलेज पढनु भन्दा जापनिज, कोरियन भाषा सिक्नुपर्छ । हाम्रा सँगैका साथि भाई कमाउने भैसके, पैसा घरमा पठाउन भइसके र हामी कहिले गर्ने हो ? आजभोलि सबैभन्दा बढी पढने विद्यार्थीलाई चिन्ता छ ।’
उनले अगाडि थपिन, ‘धेरै भाईबहिनीहरु कुलतमा फँसिरहेका छन । दैनिक घटना विवरण हेर्दा लागुऔषधमा फँसेको, आत्महत्या गरिरहेको, यूवाहरु मदिरा सेवन, जुवा खेलीरहेको अवस्था छ ।’
सररकारले स्वरोगरको लागि अवसर जुराईदिने मात्र हो तर यसको लागि यूवापिढी अग्रसर हु्न जरुरी रहेको उनले बताइन । केही गर्नलाई मनोबल उच्च राख्ना जरुरी रहेका रहेको उनले बताइन । आफनो जीवनलाई सेटल कसरी राख्ने, आर्थिकसँग कसरी जोडने त्यतातिर ध्यान जान जरुरी रहेको राज्यमन्त्री खडकाले बताइन । ‘कतिपय विद्यार्थी विहानको समयमा चिया, तरकारी बेचेर आर्थिकसंँग जोडदै दिउँसो क्याम्पस जाने गरेको हामीले देखेका छौं’ उनले भनिन् । अहिलेका भाई बहिनीहरुले आफुलाई सुधार गर्न जरुरी रहेको उनले बताईन ।
सामाजिक विकास मन्त्रालय आर्थिक अवस्था कम्जोर रहेका बालबालिकालाई सहयोग गर्दै आएको पनि उनले बताईन । नेपालमा लोकसेवा खुलिरहेको छ । नीजि क्षेत्रले आवश्यकता मागीरहेको छ । मनोवललाई बलियो बनाएर अगाडि जानुपर्ने उनले जोड दिईन । राज्यमन्त्रीले आफनो अनुभव सुनाउदै एसईई पछि धेरै ठाउँमा जागिरको लागि निवेदन दिएको तर अहिले त्यसै क्षेत्रको अनुगमन गर्ने क्षेत्रमा पुगेको बताइन ।
उनले यूवाहरुलाई आफनो क्यारियर बनाउन आफनो खुट्टामा नउभिदासम्म दायाँबाँया नसोच्न आग्रह गरिन । ‘करियर बनाउनु महत्वपूर्ण कुरा हो, उनले भनिन, विवाह हुन अगाडि धेरै कुरा गर्न सकिन्छ तर विवाहपछि कार्यबोझ बढेर जाँदा त्यति गर्न सकिदैन ।’ अहिलेको बालबालिकाहरुको हात हातमा मोवाइल छ तर काम लाग्ने कुरा हेरिदिन उनले उनले आग्रह गरिन । आफनो गाउँको विद्यालयमा राम्रो शिक्षक छैनन भने राम्रो शिक्षक बनेर आउनुस, नेता राम्रो छैन भन्ने असल नेता भएर आउनुस र विकास गर्नुस तर स्वदेशमा रोजगार छैन भन्ने मनस्थिति मनबाट हटाउन राज्यमन्त्री खडकाले आग्रह गरिन ।
गुड नेवरको सहयोगमा सेवक नेपालद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको हो । सेवक नेपालको सहयोगमा अध्ययनन विद्यार्थीहरु कार्यक्रमबाट ड्रप आउट हुन लागेकाले उनीहरुको क्यारियर काउन्सिलिङ तथा मार्ग निर्देशन सम्बन्धी तालिम प्रदान गरिरहेको सेवक नेपालका अध्यक्ष पवन भण्डारीले बताइन ।
तालिममा कैलाली, डोटी, बाजुरा र दार्चुला जिल्लाका ३० जना सहभागि यूवाहरुलाई निजामति, बैकिङ क्षेत्र र उद्यमशिलता सम्बन्धी प्रशिक्षण गराइएको उनले बताइन । जसमा निजामति सम्बन्धी प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट, बैकिङ सम्बन्धी हिमालय बैंकका प्रदेश प्रमुख सरोज रेग्मी र उद्यमशिलता सम्बन्धी रामनानी चौधरीले प्रशिक्षण दिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल अहिले तीन तहका सरकारका वेवसाइडबाट धेरै सूचना पाउन सकिने भएकोले यूवाहरुलाई रुचि राखिदिन आग्रह गरे । तालिममा निभा शाक्यले सहजीकरण गरिकी थिईन ।