एमाले प्रदेश कमिटीको बैठक, १३ बुँदे प्रस्ताव पारित

अत्तरिया, २२ असार : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको सातौं पूर्ण बैठक २०८२ असार २० र २१ गते धनगढीमा सम्पन्न भएको छ । बैठक पार्टी प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशीको अध्यक्षता र केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बसेको थियो ।
बैठकमा प्रदेश कमिटी सदस्यहरू र जिल्ला अध्यक्षहरूबाट पार्टीले सञ्चालन गरेको तीन महिनाको वडा केन्द्रित अभियानबारे लिखित तथा मौखिक प्रतिवेदन पेश गरिएको थियो । साथै, प्रदेश सरकारको कामको समेत समीक्षा गरिएको थियो ।
बैठकमा प्रदेश अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन, सचिव रण बहादुर चन्दले आगामी वार्षिक कार्ययोजना, र उपसचिव नर बहादुर विश्वकर्माले आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । बैठकले पार्टीको प्रदेश सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च, तथा विभिन्न विभागहरूमा मनोनयन गरी सिफारिस केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.