गोदावरी नदीमा ६ जना फसे

अत्तरिया : कैलालीको गोदावरी नदीमा ६ जना व्यक्ति फसेका छन्। कञ्चनपुरको झलारीबाट श्राद्ध गर्न गएका उनीहरू गोदावरीको काठेपुल नजिक नदीको बीच भागमा रहेको टापुमा फसेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दका अनुसार टापुको दुवैतिर पानीको बहाव समान रुपमा बढेकाले उद्धार कार्यमा कठिनाई भइरहेको छ। “हाल उद्धार टोली खटिएको छ, तर दुवैतर्फबाट पानीको बहाव तीव्र भएकाले सजिलै पुग्न सकिएको छैन,” डीएसपी चन्दले जानकारी दिए।

नदीमा जलस्तर बढेसँगै जोखिम बढेको हुँदा स्थानीय प्रशासन उद्धारको वैकल्पिक उपायबारे समेत छलफलमा जुटेको छ। घटनास्थलमा प्रहरीसहित स्थानीयवासीहरू पनि सहयोग गरिरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.