कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला

अत्तरिया, २६ असार : कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएकी घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको छ । वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शवको पछि सनाखत भएको थियो ।
यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ । नग्न अवस्थामा भेटिएको शवको सनाखत हुन सकेको छैन । उक्त शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षका पुरुष भने बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.