बाजुरा : जिल्लाको गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । घरबाट घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको स्थानियले बताएका छन ।
स्थानीय देबेन्द्र धामीका अनुसार बोहरा आज बिहान घर नजिकैको बागेडोरा भन्ने जंगलमा घाँस काट्न गएका थिए । लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनि मृत अवस्थामा फेला परे उनले भने । बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुन सक्ने स्थानियले बताएका छन् ।
घटनाबारे प्रहरीलाई जानकारी गराइ प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन । मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
सम्बन्धित पाेस्टहरु