अत्तरिया : मुक्त कमैयाहरुको अवस्थामा बुझ्न स्थलगत निगरानी गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिले मुक्त कमैयाहरुको अवस्था बुझ्न स्थलगत निगरानी गरेको हो ।
युएनडीपी संसद सहयोग परियोजना र संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्यमा सामाजिक विकास समितिले एक कार्यक्रमको आयोजना गर्दै कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित जितलपुर र जोशीपुर गाउँपालिका–१ रामनगरस्थित मुक्त कमैया शिविरको निगरानी गरेको हो ।
सामाजिक विकास समितिका सभापति धर्म राज पाठक, सदस्य कैलाश चौधरी, जानकी देवी कुँवर, शिवराज भट्ट, विशेषाधिकार समिति सभापति तुलसी देवकोटा, सामाजिक विकास समितिका कर्मचारी, पत्रकार तथा मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी शिविरमा मुक्त कमैयाको अवस्था बारे बुझ्न निगरानी गरेका हुन् ।
निगरानीका लागि मुक्त कमैया शिविरमा पुगेका सामाजिक विकास समितिका सभापति धर्म राज पाठक नेतृत्वको टोलीलाई मुक्त कमैयाहरुले पुर्जा पाएर पनि श्रेस्ता कायम नभएको गुनासो गरेका थिए ।