स्व. बोहराको १५ औं दिनको पुण्यतिथिमा होटल व्यवसायीहरुद्वारा शोक व्यक्त

अत्तरिया, १ साउन : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी बजारमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका मोहनसिंह बोहराको १५ औं दिनको पुण्यतिथिमा होटल व्यवसायीहरूले शोक व्यक्त गरेका छन् ।
होटल व्यवसायी महासंघ नेपाल र गोदावरी होटल व्यवसायी संघका प्रतिनिधिहरू बोहराको निधनप्रति दुःख व्यक्त गर्न उनका परिवारलाई भेट्न बुधबार निवासमा पुगेका थिए । शोक भेटमा महासंघकी केन्द्रीय उपाध्यक्ष धनादेवी चोखाल, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीसहित विभिन्न प्रतिनिधिहरू सहभागी थिए ।
७१ वर्षीय बोहराको असार १८ गते निधन भएको थियो । शोक भेटका क्रममा उपाध्यक्ष चोखालले मोहनसिंह बोहरालाई गोदावरी क्षेत्रका होटल व्यवसायीहरूको मार्गदर्शक र असल अभिभावकको रूपमा स्मरण गर्दै उनको निधनले व्यवसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।
बोहराको योगदान र सम्झनामा आयोजित सो भेटघाटमा उपस्थित प्रतिनिधिहरूले उनका परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.