बझाङ, २ साउन : बझाङको केदारस्यु गाउँपालिका–५ बहोराडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब सय मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु