अत्तरिया : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस सुदूरपश्चिमभरी विविध कार्यक्रम गरि मनाइएको छ ।
कैलालीसहित सुदूरपश्चिमका नौ वटै जिल्लामा जिल्ला कार्यसमितिको आयोजनामा विविध कार्यक्रम गरिएको हो ।
४३ ओैं बीपी स्मृति दिवसको अवसरमा आयोजित बीपी कोइराला राष्ट्रियता, लोकतन्त्र र समाजवाद बिषयक अन्तर सम्वाद कार्यक्रम गरिएको थियो । नेपाली काँग्रेस कैलालीका कार्यबाहक सभापति खेमराज डंगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रणबहादुर रावल प्रमुख अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै उनले पार्टीभित्रका अन्तरद्वन्द्व पार्टीभित्र छलफल गरेरनै समाधान हुने बताए । उनले विपिको इतिहास विश्वभरीनै ठुलो रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले अन्य पार्टीहरुले विश्वका अन्य व्यक्तिहरुको विचार बोकेर अघि बढेको बताए । तर, काँग्रेस आफनै विचार बोकेर हिडेको बताए । उनले विपिको विचार नभई आफनै विचार बोकेर अघि बढदा अहिले पार्टीभित्र समस्या आएको बताए । उनले भने –‘अहिले विपिको विचार हामी सबैले छोडिसकेका छौं । विपिले आफनै विचार लिएर हिँडेका थिए । विपिको विचार लिएर अघि बढेका राष्ट्रहरु परिवर्तन भएका छन ।’
अन्तरसंवाद कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य जिवन राना, प्रदेश कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधि, निर्वाचन क्षेत्रका पदाधिकारी तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रेस कैलाली सचिव नृप सुनारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव केशव मिश्रले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु