लागू औषधसहित दुई जना पक्राउ

अत्तरिया, ७ साउन : कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन । जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.