जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ : नेता थापा

अत्तरिया : नेकपा एमालेका नेता कर्णबहादुर थापाले नयाँ संकल्पका साथ अगाडि बढ्ने उद्घोष गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइ नयाँ शिराबाट लडौँ । हरेक विकसित एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु।’

पार्टीको चलिरहेको शक्ति सङ्घर्षमा थापा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको खेमामा उभिएका छन्। नेकपा एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम नराख्ने र उनलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेपछि उनले यस्तो प्रतिकृया जनाएका हुन्।
अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव राखेपछि बैठकका सहभागीहरूले त्यसलाई समर्थन गर्दै उक्त निर्णय गरेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.