बाजुराको हिमालीमा जीप दुर्घटना २ जनाको मृत्यु, एक दर्जन बढी घाईते

अत्तरिया : बाजुरा धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बढी घाईते भएका छन् ।

मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ बर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानिय अमलाल कार्कीले जानकारी दिएका छन् ।

किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् । जीपमा सवार यात्रुको संख्या घाईतेको विवरण आउन बाँकी रहेको रोकायाले जानकारी दिए ।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी लिन खोज्दा जीप दुर्घटना भएको फोनको आधारमा सुनेको र दुर्घटनाको विवरण आईन सकेको बताएको छ । प्रहरी टोली दुर्घटना स्थल तिर गैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.