रेशमले श्रीमतीलाई बर्खास्त गरेर बाबुलाई बनाए नाउपाको अध्यक्ष

अत्तरिया : नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ। विहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।
अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बाबु हुन्। बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए। अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।
अध्यक्ष चयन भएपछि लालवीरले भने, हामीले उहाँ (रञ्जिता) लाई अहिले पनि भनिरहेकै छौँ यहाँ आएर आफ्नो कुरा भन्नुस्। सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो। पार्टीलाई अपठ्यारोबाट निकास दिन आफूले नेतृत्व गरेको उनको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.