अत्तरिया : सुदूरपश्चिमको प्रवेसद्वार रहेको अत्तरिया वजारको चोकमा बाह्रसिङ्गाको सालिक राखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेस गर्नु अघि नै अत्तरिया चोकको महेन्द्रनगर जाने राजर्मागमा बाह्रसिङ्गाको मुर्ति सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइले पर्यटन प्रबर्द्धन , शुक्लाफाँटामा पाइने बाह्रसिङ्गाको प्रचारप्रसार गर्ने उदेश्यले राखियको पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डवल बोहराले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइको आर्थिक बर्ष २०८१र२०८२ को वार्षिक कार्यक्रम ५ लाख बजेटमा बाह्रसिङ्गाको सालिक निर्माण, राखिने ठाउँ निर्माण सालिक मध्यराति मूर्तिकला स्टुडियो चितवन बाट खरिद गरि ल्याएको हो ।
नेपाल र भारतमा मात्र पाइने यो बाह्रसिङ्गा हरिण प्रजातीको जनावर हो । यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको सिकारी ताल, शुक्लाफाटा निकुन्जमा रहेको घासे मैदानको फाटमा ८०० देखि १००० वटाको बथानमा एकैसाथ देखा पर्ने बाह्रसिङ्गा देखा पर्ने गरेका छन् । जैविक विविधता सरक्षण सङै पार्य(पर्यटन प्रबर्द्धन हुने भएकाले यो मुर्ती अत्तरियामा राखिएको हो ।
बाह्रसिङ्गा स्तानधारी बन्यजन्तु हो बाघ तथा मांसहारी बन्यजन्तुको मुख्य आहार हो । यसले बन्यजन्तु तथा बनजङ्गल खाध्य क्षृङखला सन्तुलन वातावरण बन्यजन्तु सरक्षण जैविक महत्वपुर्ण भुमिका रहेको पाइन्छ । यो शालिक राखे पछि अत्तरिया बजारको झन आकर्षण तथा सौर्न्दर्य बढेको स्थानीय चन्द्र आचार्यले भने ।
अत्तरिया बजारको बिचमा रहेको महेन्द्र सालिकलाई गोदावरी नगरपालिकाले व्यवस्थित बनाएको छ । त्यसले पर्यटक आकर्षक बनायको थियो भने यो बाह्रसिङ्गाको सालिकले झन पर्यटनको रोजाइमा पर्ने आचार्यले बताए ।