कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित बनरा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक गम्भीर घाइते भएका छन ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राम बहादुर चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइते चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ पीताम्बर निवासी ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मङ्गलबार साँझ मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.