अत्तरिया : धनगढीको नास्ट कलेजबाट कक्षा १२ को परीक्षा दिएका ६०१ जना परीक्षार्थीमध्ये ४१६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ६९.२१ रहेको कलेजले जनाएको छ।
विज्ञान समूहबाट २८६ र व्यवस्थापन समूहबाट १३० जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्। यस वर्ष कुल ४२ जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड हासिल गर्न सफल भएका छन्। विज्ञान समूहतर्फ कपिल भण्डारीले सबैभन्दा उच्च ३.९५ जीपीए ल्याएर विद्यालय टपर बनेका छन् भने व्यवस्थापन समूहमा उत्सव अग्रवाल र रोशनी रावलले समान ३.८६ जीपीए ल्याउँदै समूह उत्कृष्ट भएका छन । नास्ट सुदूरपश्चि प्रदेशको एक उत्कृष्ट कलेजमा पर्दछ ।
सम्बन्धित पाेस्टहरु