अत्तरिया, २१ साउन : कैलालीका गोदावरी नगरपालिका अत्तरियामा पर्ने सत्यवती एकेडेमीले कक्षा १२ को नतिजा सतप्रतिशत निकालेको छ ।
लगातार तेस्रोपटक सतप्रतिशत नतिजा ल्याउँदै शैक्षिक उत्कृष्टताको कीर्तिमान कायम गरेको छ । २०८२ सालको तेस्रो ब्याचले सबै विद्यार्थी उत्तीर्ण गर्दै विद्यालयको गौरव थप बढाएको हो । विद्यालयले यो सफलता विद्यार्थीहरूको कठोर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगको परिणाम भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले भनिन्, “शिक्षक र विद्यार्थीको दृढ प्रयास र अनुशासनले आज हामी यो सम्मानित स्थानमा पुग्न सफल भएका छौं । हामी सम्पूर्ण टिमप्रति गर्व गर्छौं ।”
विद्यालय प्रशासनले यो सफलता भविष्यमा अझ सशक्त शैक्षिक उपलब्धिका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित पाेस्टहरु