बडिमालिका दर्शनमा गएका दुई जनाको भीरबाट खसेर मृत्यु

अत्तरिया : बडिमालिका धार्मिक मेलाको दर्शनमा गएका अर्का व्यक्तिको पनि भीरबाट खसेर मृत्यु भएको छ । बडिमालिका दर्शन गरेर फर्किने क्रममा ठाकुरबाबा नगरपालिका-४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बडिमालिकाबाट फर्किने क्रममा त्रिवेणी नगरपालिका-९ मा भीरबाट खसेर घोडासैनीको मृत्यु भएको बताए ।
उनकाअनुसार घोडासैनी शव २५० मिटर तल भीरमा अड्किएको छ । यसअघि बिहीबार बडिमालिका दर्शन गरेर फर्किरहेका काठमाडौं गोकर्णेश्वर-५ का ५२ वर्षीय विप्लव ओझाको पनि भीरबाट लडेर मृत्यु भएको थियो ।
उनको शव शुक्रबार मात्र भीरबाट निकालिएको छ । तर बोकेर ल्याउन नसक्ने अवस्था रहेकाले शव भीरबाट निकालेर बाटोमा राखिएको छ । मौसम खुलेपछि हेलिकप्टर मार्फत शव ल्याउने तयारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.