अत्तरिया : किसान कृषि सहकारी संस्था नाफामुखी नभई सेवा–मुखी संस्था भएको प्रबन्धक सुना रोकायाले बताएकी छन् । शुक्रबार आयोजित संस्थाको १० औँ वार्षिक साधारण सभा बोल्दै सहकारीमा आवद्ध सदस्यहरूलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको बताउँदै उनले भनिन्, “हाम्रो संस्थाले सेवा शुल्क विना नै सदस्यहरूलाई सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ, जसले उनीहरूको जीविकोपार्जनमा सहजता पु-याएको छ ।”
उनले यस किसान कृषि सहकारीले आर्थिक रूपमा कमजोर सदस्यहरूलाई रोजगारमुखी बनाउने र जीवनस्तर उकास्ने उद्देश्यले ऋणसहितका सेवाहरू प्रदान गर्दै आएको छ । विशेष गरी महिलाहरूलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गरिएको र उनीहरूलाई कृषि व्यवसायतर्फ उन्मुख गराई अर्गानिक खेतीतर्फ आकर्षित गर्ने अभियान चलाइएको उनले जानकारी दिइन् ।
सदस्यहरूले सहकारीप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै रोकायाले कुनै पनि आच नलाग्ने र सदस्यको हित विपरीत नजाने प्रतिबद्धता व्यक्त गरिन् ।
सम्बन्धित पाेस्टहरु